
काठमाडौं । राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नभएमा काठमाडौंमा खुसीयाली मनाईएको छ भने, सिरहाको कसहामा विरोध प्रदर्शन भएको छ ।
काठमाडौं अनेरास्ववियुले राष्ट्रपतिको समर्थनमा प्रदर्शन गर्दै गठबन्धन सरकार चाहिदैन, नागरिकता बेच्न पाइदैन भन्दै नागरिकता विधेयक प्रतिमा जलाएका थिए, भने सिरहाको कसहामा जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गर्दै राजमार्गमा टायर बालेर राष्ट्रपति भण्डारीको राजीनामा मागेका छन् ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार सो विधेयक स्वतः निष्क्रिय बनेको छ ।दुवै सदनबाट पारित भएर १५ दिन अगाडि नागरिकता विधेयक शीतल निवास आएको थियो । सो विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति कार्यालय मौन बसेको हो ।
