विप्लव नेतृत्वको नेकपा धादिङको सेक्रेटरीमा सृजन चयन

Avatar photo
Dhadingpost
भदौ २०, २०७९

सुन्दर लामा
धादिङ ।
धादिङबेसीमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी धादिङका अध्यक्षमा सृजन चयन भएका छन् । आज सम्पन्न ५ औं जिल्ला सम्मेलनले सृजन सेक्रेटरी रहने गरि २१ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।

बन्द सत्रमा नर्वनिर्वाचित टिमलाई बधाई तथा कार्यसफलताको शुभकामना जिल्ला पूर्व सेक्रेटरी तथा महासङ्घका महासचिव कुशल बोगटीले दिएका थिए भने नवर्निवाचित जिल्ला समितिलाई प्रमुख अतिथि माइलाले सपथ खुवाएका थिए ।

केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माइला लामाले नेपाली जनताले विश्वास गरेको एक मात्र पार्टी नेपाल कम्युनिस्ट पार्टी भएकाले जनताको विश्वासिलो भावनालाई पूरा गर्न नेकपा नेताकार्यकर्ता जनताप्रति जिम्मेवार बन्नु पर्ने बताएका छन् ।

उनले भने, हाम्रो काँधमा अर्को थप जिम्मेवारी आएको छ । त्यो हो, नेपालमा छरिएर रहेका सम्पूर्ण कम्युनिष्टहरूलाई एकीकृत गर्ने । त्यसैले दृढ संकल्प लिएर जनताको आशालाई कम्युनिष्टहरूले गम्भीरतापूर्वक लिएर पूरा गर्न लाग्नु पर्ने नै अहिलेको आवश्यकता हो ।

नेता लामाले दलाल पूँजीवादी संसदिय व्यवस्थालाई चिहानमा गाडेर त्यहीबाट एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवादको स्थापना गर्नु नेकपाको प्रमुख लक्ष्य रहेको जिकिर गरे ।

नेकपा धादिङका सेक्रेटरी सृजनको अध्यक्षता तथा सञ्चालनमा भएको सम्मेलनमा अतिथिको रुपमा पूर्व सेक्रेटरी तथा अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय महासचिव कुशल बोगटी, नेवा मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जन र विशेष जिल्लाका सेक्रेटरी मिङ्मार रहेको थियो । यस अघि जिल्ला कमिटी सदस्य रहेर पार्टीको संचारमा काम गरेका सुन्दर लामाले भने जिल्ला समितिबाट विदाई लिएका छन् ।