
धादिङ । धादिङबेसीमा ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी रहेको छ । अहिले सम्मको अंक स्कोरको आधारमा नीलकण्ठ नगरपालिकाले अग्रता कायम गरेको छ । जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा यस प्रतियोगिता सुरुभएको हो ।
जिल्लाका ६ वटा पालिकाको टिमले भाग लिएको यस प्रतियोगिताको पहिलो दिन तेक्वान्दो तर्फको सबै (६ वटा) गोल्ड मेडल नीलकण्ठ नगरपालिकाबाट छनोट भएर आएका खेलाडीहरुले जितेका छन् ।
नीलकण्ठ नगर पालिकाका छात्राहरु ४२ केजी तर्फ स्वस्तिका लामा, ४४ केजी तर्फ आशिका तामाङ, ४६ केजी तर्फ शान्ति कुमाल र छात्र तर्फ ४५ केजी तर्फ राजु तामाङ, ४८ केजी तर्फ सुमन घले र ५१ केजी तर्फ पावल तामाङ प्रदेशका लागि छनोट भएका छन् ।
यस्तै नीलकण्ठ नगरपालिकाबाट कराँतेमा छात्र तर्फ पृथ्वी तामाङ, मनोज श्रेष्ठ, एकल कातामा मनोज श्रेष्ठ र छात्रा तर्फ सुसी तामाङले गोल्ड मेडल जित्न सफल भए । यस्तै कराँते छात्र तर्फमा धुनीबेसीका मनिश तामाङर छात्रा तर्फ आरती तामाङ, सुनिता तामाङ, एकल कातामा सुनिता तामाङले गोल्ड मेडल जिते ।

स्थानीय तहबाट छनोट भएर आएका १८ वर्ष मुनिका खेलाडी सहभागि हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथ्लेष्टिक, कराँते, तेक्वान्दो, उसु, भलिबल र कबड्डी खेलहरु समावेश छन् । भलिबल, कबड्डी र एथ्लेष्टिक खेलहरुको फाईनल भोलि हुने आयोजकले जनाएको छ ।
जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको सभापतित्वमा भएको प्रतितियोगिताको उद्घाटन जिल्ला समन्वय समिति धादिङका उप प्रमुख कुलमान विश्वकर्मा र निलकण्ठ नगरपालिकाका उप मेय दिपक विश्वकमाृले संयुक्त रुपमा गरेका थिए ।
अहिले ११ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चलि रहँदा यस अघि भएको १० औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कस्ले जितेको थियो चासो बन्न सक्छ । उक्त दशौं राष्ट्रपति रनिङ शिल्ड २३ स्वर्ण पदक सहित बेनीघाट रोराङले जितेको थियो । जितका लागि बेनीघाट रोराङले २३ स्वर्ण, १३ रजत र १० कास्य पदक ल्याएको थियो ।
