
धादिङ । धादिङबेसीमा आज सम्पन्न भएको राष्ट्रिय तेक्वान्दो संघ नेपाल धादिङको जिल्ला अभिबेशनले गणेश कुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
निर्वाचित कार्य समितिको उपाध्यक्षमा सपना लामा र ज्ञानीमायाँ गुरुङ, सचिवमा सन्तोष श्रेष्ठ, कोषाध्यक्षमा मरियम तामाङ र सदस्यहरुमा नविन श्रेष्ठ, राजन लम्साल, दिपेन श्रेष्ठ, स्याङ्दिप तामाङ छन् ।
नि वर्तमान जिल्ला अध्यक्ष अमृत तामाङको अध्यक्षतामा भएको उक्त जिल्ला अधिवेशनको प्रमुख आतिथ्यता जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङको रहेको थियो ।
