बेनीघाट रोराङको कार्यपालिका सदस्यको चुनावमा एमालेबाट उम्मेदवारी परेन

Avatar photo
Dhadingpost
जेष्ठ १७, २०७९

धादिङ । यतिबेला धादिङका स्थानीय तहहरुमा कार्यपालिका सदस्यका लागि चुनावी माहौल सुरुभएको छ । कतिपय पालिकाहरुमा गठबन्धन दलहरुबीचमा एकता देखिएको छ, भने कतिपय पालिकाहरुमा गठबन्धन दलहरु आ-आफ्नो अडानमा रहँदा साझा उम्मेदवार बनाउन सकेका छैनन् ।

बेनीघाट रोराङमा कार्यपलिकामा एकल महुमत देखिएको माओवादीले चुनाव हुने ६ जना सदस्य पदमा सबै उम्मेदवारी दिँदा एमालेले भने चुनावी प्रक्रियामा नै भाग नलिने भएको छ । ६ जना सदस्य निर्वाचित गर्न जेष्ठ १८ गते निर्वाचनको मिति तय गरेको बेनीघाट रोराङमा माओवादीबाट ६ जना कै सम्मेदवारी परेको छ भने कांग्रेसबाट २ जना र एकीकृत समाजवादीबाट १ जनाको उम्मेदवारी परेको छ ।

सहमतिको प्रयास अझै जारी छ, एमालेबाट उम्मेदवारी परेको छैन हामी गठबन्धनका दलहरु मिल्नु पर्छ भन्ने मै छौं । कांग्रेस २ बाट १ मा झर्ने, समाजवादी १ र माओवादी ६ बाट ५ मा झर्ने गरी सहमतिको प्रयास थालिएको माओवादी केन्द्रका एक नेताले धादिङपोष्टलाई बताए ।

दलित वा अल्पसङ्ख्यकबाट दुई जना र महिला ४ जना गरी ६ जना सदस्यका लागि हुने बेनीघाट रोराङको कार्यपालिकाको चुनावमा माओवादीको २७ भोट, कांग्रेसको १० भोट र एकीकीकृत समाजवादीको ८ भोट र नेकपा एमालेको ६ भोट रहेको छ ।