
धादिङ । धादिङ उत्तरी क्षेत्र रुबीभ्यालीको निर्णायक मत रहेको मानिएको लापामा उल्लासपूर्ण रुपमा मतदान जारी रेहेको सुक तामाङले बताएका छन् ।
निर्धारित समय विहान ७ बजेबाट लापामा मतदान सुरुभएको छ भने निर्वाचनको आचार संहितापूर्ण रुपमा पालन भएको बताईएको छ । मतदातालाई निशेध गरिएका क्यामरा मोबाइल लान दिएको छैन भने मत खसाल्न नसक्ने बृद्धहरुको हकमा १ जनाले दुई जनाको मात्रै मतदान गर्न दिने नियम बनाईएको बताईएको छ ।
देखाईएको दृष्य लापा मावि सदाचेत मतदान स्थलको हो । रुबीभ्यालीमा ७ वटा मतदान स्थल, २४ वटा मतदान केन्द्र रहेका छन् । यस पालिकामा ४६१८ पुरुष र ४३३५ महिला गरि ८९५३ जना मतदाता रहेका छन् ।
