धादिङका एक्ला उम्मेदवार दिपक सापकोटा

Avatar photo
Dhadingpost
बैशाख २२, २०७९

धादिङ । धादिङका एक्ला उम्मेदवार हुन् दिपक सापकोटा । ज्वालामुखी गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेको उनको दलले जिल्लामा अन्य उम्मेदवार उठाएको छैन ।

देशभर एमाले सँग तालमेल गर्ने सहमति गरेको नेपाल परिवार दल पार्टीले धादिङमा कुनैपनि पदमा परिवार दललाई साझा उम्मेदवार बनाउन तयार नभए पछि सापकोटाले ज्वालामुखीको अध्यक्षमा उम्मेदवारी दिएका हुन् । उनले साँचो चुनाव चिन्ह पाएका छन् ।

विश्व शान्ति तथा एकीकृत परिवार संघ (FFWPU) नेपाल धादिङको प्रमुख समेत रहेका सापकोटा धादिङ जिल्लामा परिचित नाम हुन् । उनीले जिल्लाका अधिकांश विद्यालयमा पुगेर प्लस टु का विद्यार्थीलाई, गाउँ टोलमा सकारात्मक सोच सम्बन्धी प्रवचन पनि दिँदै आएका एक बौद्धिक व्यक्ति हुन् ।

उनले ज्वालामुखीका जनतालाई साँचो चुनाव चिन्हमा मतदान गर्न आव्हान गर्दै । २१ बुँदे आफ्नो प्रतिवद्धता समेत घोषणा गरेका छन् ।
यस्ता छन् उनको प्रतिवद्धताहरु