
धादिङ । धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका ३ सेमजोङ स्थित वाका खेल मैदान गैरामा जारी १२ औं वाका कप पुरुष फुटबल प्रतियोगिताको फाईनल आज १२ बजे हुने आयोजकले जनाएको छ ।
फाईनलखेल डुप्चे युवा क्लव केवरा र सानो किमताङ युवा क्लव किमताङ बीच हुने छ । खेलको समापन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दिलमान पाख्रीनले गर्ने आयोजक छार वाका राहा युवा क्लवले जनाएको छ ।
यस प्रतियोगितामा प्रथम हुने टिमले १ लाख २५ हजार र उपविजेताले ६० हजार जित्ने छन् भने समिफाईनलमा रोकिएका दुई टिम द राईजिङ मंगोलियन युवा क्लव र फलाटे युवा क्लव फलाटेले १५ – १५ हजार जिति सकेका छन् ।
धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ३ गैरा साबिक सेमजोङ १ गैराको वाका धादिङ जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्य मध्ये एक हो । समुन्द्री सतहदेखि करिब २ हजार १५० मिटर उचाइमा अवस्थित यो ठाउँ धादिङ र नुवाकोट जिल्लाको सिमाना समेत भएकोले पछिल्लो समय यो ठाउँमा धादिङ र नुवाकोटका आन्तरिक पर्यटकको आकर्षण बड्दो छ ।
यस ठाउँको प्रचार-प्रसारको लागि छार वाका राहा युवा क्लव सेमजोङले हरेक वर्ष गर्दै आएको संयोजक तामाङले बताए । ११ औं वाका कपमा १ लाख ११ हजार पुरस्कार थियो यसलाई १२ औंमा बढाएर १ लाख २५ हजार पुर्याएका छौं संयोजक तामाङले बताए । गत वर्ष सम्पन्न ११ औं वाका कप पनि चैत्र ११ गते बाटै सम्पन्न भएको थियो र उक्त प्रतियोगिताको फाईनल खेलमा चौतारा युवा समाज (टिम B) ले डबजोङ क्षेत्र संरक्षण युवा क्लव (टिम A) लाई २ गोलले पराजित गर्दै उपाधी हात पारेको थियो ।


























