साईरु भण्डारीको जन्मोत्सवमा विद्यार्थीलाई विद्यालय पोशाक प्रदान

Avatar photo
Dhadingpost
चैत्र २३, २०७८

धादिङ । रोटरी क्लव अफ धादिङको संयोजन, रोटरीयन अशोक कुमार बस्नेतको साझेदारीमा रोटरी क्लव अफ धादिङका आगामी वर्षका अध्यक्ष रोहित भण्डारीले आफ्नो छोरीको जन्मोत्सवको अवसरमा विद्यार्थीहरुलाई सहयोग गरेका छन् ।

महेन्द्र माध्यामिक विद्यालय साँखु नीलकण्ठमा अध्ययनरत ३४ जना अति विपन्न विद्यार्थीहरुलाई छोरी साईरु भण्डारी सातौं वर्ष पुरा भई आठौं वर्ष प्रवेसको उपलक्षमा स्टेशनरी सामान र विद्यालय पोशाक सहयोग गरिएको रोहित भण्डारीले धादिङपोष्टलाई बताए ।

उक्त कार्यक्रममा वडा अध्यक्ष ध्वजबहादुर गुरुङ, रोटरी क्लव अफ धादिङका अध्यक्ष भिम श्रेष्ठ, पूर्व अध्यक्ष अशोक कुमार बस्ने, विद्यालयका शिक्षक लगायतको आतिथ्यता रहेको थियो ।