
धादिङ । बंगलादेशमा हुन गहिरहेको अपाङ्गता भएका व्यक्तिहरुको क्रिकेट प्रतियोगिताको लागि नेपालबाट छनोट भएका धादिङ बेनीघाट रोराङ गाउँपालिका चरौंदीका आवशबाबु डल्लाकोटीलाई गाउँपालिका र स्थानीय चरौंदी सुधार युवा समाजले विदाई गरेको छ ।
चैत्र १३ देखि २१ गते सम्म हुने उक्त प्रतियोगिताको लागि जान तयारी गर्दै गर्दा गाउँपालिका र चरौंदी सुधार युवा समाजले आज जितको शुभकामना सहित विदाई गरेको हो ।
भारत, बंगलादेश, श्रीलंका र नेपाल बीच हुने उक्त क्रिकेट प्रतियोगिताको लागि आवशबाबु डल्लाकोटी सहितको टिम चैत १० गते नेपालबाट बंगलादेश प्रस्थान गर्नेछ ।
