
धादिङ । धादिङ बेनीघाट रोराङ गाउँपालिका चरौंदीका आवशबाबु डल्लाकोटीले बंगलादेशमा हुने अपाङ्गता भएका व्यक्तिहरुको चार देश सहभागि हुने क्रिकेट खेल्ने भएका छन् ।
जनवरी २३ देखि बंगलादेशमा हुने भनिएको उक्त चार देशिय (भारत, बंगलादेश, श्रीलंका र नेपाल) प्रतियोगिता कोरोना महामारीका कारण रोकिएको थियो । उक्त खेल चैत्र १३ देखि २१ गते सम्म हुनेछ । धादिङका डल्लाकोटी नेपालको टिमबाट छनोट भएका हुन् ।
कारोनाको कारण खेल समयमा नै हुन सकेन अब मार्च २७ देखि हुँदैछ त्यसका लागि छनोट भएका खेलाडीलाई क्लोज क्यम्पमा राखि प्रतियोगिताको लागि बंगलादेश पठाईने छुल्तिम शेर्पाले धादिङपोष्टलाई बताए ।
यसअघि नेपाल महिला दृष्टिविहीन क्रिकेट टोलीले पाकिस्तानमा भएको टी–२० अन्तराष्ट्रिय सिरिजमा विजयी भएर ट्रफीसहित घर फर्केको थियो ।