
काठमाडौं । नेपाल अस्ट्रेलियामा हुने आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटमा छनोट हुन असफल भएको छ । विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा युएईसँग मंगलबार ६८ रनले पराजित भएसँगै नेपाल विश्वकपमा पुग्न असफल भएको हो ।
ओमानको अल अमेरातमा युएईले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल १८ ओभर ४ बलमा अलआउट हुँदै एक सय सात रनमा समेटियो ।
नेपाललाई हराउँदै युएई विश्वकपमा छनोट भएको छ । युएईले अब फाइनलमा आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । त्यसयता नेपाल छनोट हुन सकेको छैन ।
