
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि ११औं चरण सुरु हुँदैछ । आज अंकतालिकामा पुछारमा रहेका चार क्लब मैदान उत्रिदैछन् । जसमा अन्तिम दुई स्थानको ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लब अनि जावालखेल युथ क्लब र फ्रेण्ड्स क्लब भिड्दैछन् ।
लिगमा रेलिगेसन ब्याटल रोमाञ्चक बनिरहेको अवस्थामा आजको खेल चारवटै टिमलाई महत्वपूर्ण छ । त्यसैले दुवै खेल एकै समयमा हुँदैछ ।
एन्फा कम्प्लेक्समा दिउँसो १ बजे फ्रेन्ड्स क्लब र जावलाखेल युवा क्लब भिड्दैछन् । ६ अंक जोडेको फ्रेन्ड्सले ९ अंकसाथ ११ औं स्थानमा रहेको जावलाखेललाई हराए दुवै टोलीले स्थान बदल्नेछन् । यससँगै फ्रेन्ड्सको रेलिगेसन बच्ने सम्भावना पनि हुनेछ । पछिल्लो खेलमा लिगको पहिलो जित दर्ता गरेको फ्रेन्ड्स उच्च मनोबलका साथ खेल्नेछ । जावलाखेल पनि स्तर अनुसार प्रदर्शन गर्दै नवौं स्थानमा उक्लने सुरमा हुनेछ ।
दिउँसो १ बजे नै दशरथ रंगशालामा ब्रिगेड ब्वाइज क्लब र च्यासल युवा क्लवबीच प्रतिस्पर्धा हुनेछ । पछिल्लो ५ खेलमा जम्मा १ अंक जोडेका दुवै टोली जितसहित रेलिगेसन जोन छाड्न चाहन्छन् । तर यसका लागि फ्रेन्ड्सको नतिजाले पनि प्रभाव पार्नेछ । अंक बराबरी भए हेड टु हेड नतिजाले पनि स्थान निर्क्यौल गर्ने भएकाले दुवै टोली यो खेल जित्दै रेलिगेसनको डर कम गर्ने प्रयासमा हुनेछन् ।
ब्रिगेड र च्यासलबीचको खेल दिउँसो १ बजे दशरथ रंगशालमा सुरु हुनेछ । यस्तै जावालखेल र फ्रेण्ड्सबीचको खेल पनि १ बजे नै एन्फा कम्प्लेक्समा सुरु हुनेछ । यी चारमध्ये अंकतालिकामा जावालखेल सबैभन्दा अघि छ । जावालखेल १० खेलबाट ८ अंकसहित ११औं स्थानमा छ । त्यसपछि फ्रेण्ड्स ६ अंक जोडेर १२औं स्थानमा छ ।
