बागमती प्रदेशको खेलकुद मन्त्रालयमा लफडा

Avatar photo
Dhadingpost
माघ २७, २०७८

हेटौंडा । बागमती प्रदेशको खेलकुद मन्त्रालय देखिएको विवाद उत्कर्ष उँमुख भएको छ । माओवादीबाट खेलकुद मन्त्री बनेका रत्न ढकालले युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंलाई हटाउन खेजेपछि खेलकुद मन्त्रालयमा विवाद उत्पन्न भएको हो । खेलकुद मन्त्री ढकालले आफु र कर्मचारीहरुलाई हतोत्साहित बनाउने काम गरेको युवा परिषद्का उपाध्यक्ष चौलागाईंले लगाउँदै बुधबार पत्रकार सम्मेलन गरे सँगै विवाद छताछुल्ल भएकोहो ।

युवा तथा खेलकुद मन्त्रालयमा करिब ११ करोड बजेट रहेको छ । रकामान्तर गरेर बजेट थपिने बताएपनि करिब ५ करोड रुपैयाँ बजेट रहेको युवा परिषद्मा नयाँ उपाध्यक्ष नियुक्त गर्न चौलागाईं बाधक देखिएपछि उनीहरुवीच आन्तरिक द्वन्द्व बढेको हो । मन्त्री ढकालले लामो समयदेखि चौलागाईंले गर्दै आएको काममा बाधा गर्दै आइरहेका छन् ।

पत्रकारहरु सँग कुरा गर्दै परिषद्का उपाध्यक्ष चौलागाईंले भने ‘मलाई राजनीतिक प्रतिशोधका आधारमा मन्त्रीस्तरीय निर्णयभन्दै स्पष्टिकरण सोधिएको छ । म चारवर्षका लागि उपाध्यक्षमा नियुक्त भएको हुँ ।’, उनले स्पष्टिकरणमा सोधिएको राजनीतिक र कानूनी प्रश्नहरुको सोही अनुसार जवाफ दिइरहेको बताए । ‘म राजनीतिक प्रश्नको राजनीतिबाट र कानूनी प्रश्नको कानूनबाटै जवाफ दिनेछु । मन्त्री ढकालले मलाई बर्खास्त गर्ने दुषित मनसायले स्पष्टिकरण सोधेको हुन् ।’

सरकारले एक हप्ताभित्र मन्त्रीस्तरबाट र मन्त्रिपरिषद्को वैठकबाट भएको राजनीतिक नियुक्त खारेज गर्ने तयारी गरेको सरकार प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णशर्मा खनालले जानकारी दिए । चौलागाईंलाई हटाउने उद्देश्यका साथ मन्त्री ढकालले दुईपटक उनलाई स्पष्टिकरण सोधिसकेका छन् । उनले पनि जवाफ दिइरहेका छन् ।

राष्ट्रिय युवा संघका नेता समेत रहेका चौलागाईंलाई डोरमणि पौडेल मुख्यमन्त्री हुँदा युवा तथा खेलकूद मन्त्रालय प्रदेश युवा परिषद कार्यकारी उपाध्यक्षमा नियुक्ति दिएको थियो ।