धादिङमा अत्यावश्यक औषधिको चरम अभाव

Avatar photo
Dhadingpost
पुस २१, २०७२

धादिङबेसी । जाडोयाम सुरु भएसँगै सुरू हुने रूघाखाेकी, ज्वराे, टाउकाे दुख्नेजस्ता समस्यामा अावश्यक अाैषाधिकाे पनि धादिङमा अभाव छ। एन्बिायोटिक तथा अन्य औषधि अभाव भएकाले स्वास्थ्य उपचारमा समेत प्रभाव परेको जिल्ला जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्लले जानकारी दिए।

चिसोे बढेसँगै अत्याधिक मात्रामा चाहिने एमोक्सासिलिन, आँखामा राख्ने सिफ्रो, दमका रोगीका लागि अत्यावश्यक सालबिटामोल लगायत औषधिको चरम अभाव भएको हो। अहिले जिल्लाका स्वास्थ्य संस्थामा यी औषधि नभएपछि बिरामी समस्यामा परेको मल्लको भनाइ छ। शिशुलाई लगाइने बिसिजी खोपसमेत अभाव भएकाले समस्या देखिएको छ।
शिशुलाई स्वास्थ्य केन्द्रमा पहिलो पटक ल्याउनेबित्तिकै लगाइने सो खोप अभावले गर्दा समस्या आएको छ। खोप अभाव भएकाले शिशुलाई एक महिना बिराएर स्वास्थ्य संस्थाले लागाउने गरी मिलाइएको मल्लको भनाइ छ।

सो खोपको एक भायलमा २० जनालाई दिन पुग्ने हुन्छ। तर खोलेको छ घन्टापछि लगाउन मिल्दैन। यसो गर्दा खोप खेर जाने भएकाले खोप सेवा व्यवस्थित गर्न लागिएको हो । जिल्लाका भूकम्पपीडित बिरामी परेको भन्दै जिल्ला स्वास्थ्य कार्यालय र स्वास्थ्य सेवा विभागले जिल्लाका विस्थापित शिविरलगायत स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन्। रासस –