पात्लेमा जारी मानबहादुर कप फुटबलको तेस्रो दिन, यी टिमहरु खेल्दैछन्

Avatar photo
Dhadingpost
माघ १०, २०७८

धादिङ । धादिङको नीलकण्ठ १४ पात्लेमा जिल्ला कैं सर्वाधिक पुरस्कार राशी रहेको आठौं मानबहादुर मेमोरिएल कप फुटबल प्रतियोगिता जारी छ । आज तेस्रो दिन ५ खेलहरु हुने आयोजकले जनाएको छ ।

तेस्रो दिन हुने खेलहरु
बिहान साँढें ७ बजेः जागरण समाज बी vs अन्नपूर्ण ए
बिहान साँढें ९ बजेः म्याङ्गाङ युवा समाज vs चिसापानी युवा समाज,
मध्यान्न साँढें १२ बजेः सुर्यद्वय फुटबल क्लव vs मलेखु,
दिनको दुई बजेः जेवाईसी माने vs नुवाकोट युनाईटेड
दिनको साढें ३ बजेः एसबीए बी vs सेमजोङ ए

जिल्लाको सर्वाधिक राशीको यस प्रतियोगितमा २९ टिमले भाग लिनेछन् । माघ १५ गते सम्म हुने यस प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २५ हजार, द्वितिय पुरस्कार ६० हजार र सेमिफाईनल पुग्ने टिमलाई २०–२० हजार रहेको आयोजक विद्यार्थी उपकार संघ पात्लेका उपाध्यक्ष सुरेश तामाङले धादिङपोष्टलाई बताए । फाईल फोटो
पहिलो दिनको खेल नतिजा
दोस्रो दिनको खेल नतिजा