
काठमाडौं । युवा ब्याटर लोकेश बम र विवेक यादवलाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान) ले आगमी महिना हुने टि२० विश्वकप ग्लोबल छनोट ए को लागि अन्तिम १६ सदस्य टोली घोषणा गरेको छ ।
१६ सदस्य टोलीमा तीव्र गतिका बलर सोमपाल कामी र विकेटकिपर विनोद भण्डारी भने अटाएनन् । मुख्य प्रशिक्षक पुबुदु दासानायकेले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट १६ सदस्सीय टोली छनोट गरेका हुन् ।
युवा ब्याट्सम्यान लोकेश बम र विवेक यादव पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । यस्तै शरद भेषवाकर, प्रदिप ऐरी र जितेन्द्र मुखियाले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । विनोद भण्डारी, सोमपाल कामी टिममा अटाएका छैनन् ।
आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए आगमी फेब्रुअरी १७ देखि २४ सम्म हुनेछ । ग्लोबल छनोट ए मा नेपाल सहित ८ टोली छन् । ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल, ओमान, क्यानडा र पिलिपिन्स समूह बी मा छन् ।
आयरल्यान्ड, युएई, जमर्नी र बहराइन समूह ए मा छन् । समूह चरणको खेलपछि हरेक समूह शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।
नेपालले १८ फेब्रुअरीमा ओमानसँग खेल्नेछ । १९ फेब्रुअरीमा पिलिपिन्स र २१ फेब्रुअरीमा क्यानडासँग खेल्ने तालिका । तर पनि आइसिसी र क्यानले औपचारिक रुपमा खेल तालिका भने घोषणा गरेका छैनन् । सेमिफाइनल २२ फेब्रुअरी र २४ फेब्रुअरीमा फाइनल खेल्नेछ ।
नेपाली टोली :
सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, विवेक यादव, लोकेश बम र प्रदीप ऐरी ।
