पीएम कपः बागमती प्रदेशले आज प्रदेश २ सँग खेल्दै

Avatar photo
Dhadingpost
पुस ३०, २०७८

धादिङ । प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज शुक्रबार टियु क्रिकेट मैदानमा आज कप्तान ज्ञानेन्द्र मन्लको कप्तानीमा रहेको बागमती प्रदेश र प्रदेश २ बीच हुने छ ।

आज हुने ४ खेल मध्य दुई खेल टियु क्रिकेट मैदानमा दुई र मुलपानी क्रिकेट मैदानमा दुई खेल हुने छन् । जसमा टियु मैदानमा हुने पहिलो खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । भने दोस्रो खेल बागमती प्रदेशले र प्रदेश २ बीच हुने छ ।

समूह ए मा रहेको कर्णाली ३ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । पुलिस २ खेलम्मा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

टियुमा हुने दोस्रो खेल खेल्ने समूह बी मा रहेको प्रदेश २ ले ३ खेलमा २ अंक जोडेर चौथो स्थानमा रहेको छ भने बागमती २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

मुलपानीमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । समूह ए को आर्मी ३ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । सुदुरपश्चिम २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

मुलपानीमा हुने दोस्रो खेलमा एपीएफ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ । समूह बी मा रहेको एपीएफ ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । लुम्बिनी २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।