प्रधानमन्त्री कप क्रिकेट आजबाट हुँदै, १० टिम सहभागी (खेल तालिका समेत)

Avatar photo
Dhadingpost
पुस २६, २०७८

धादिङ । प्रधानमन्त्री कप टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौंमा सुरुहुँदैछ । झण्डै ८ वर्षपछि हुन लागेको टि२० राष्ट्रिय प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरि कुल १० टोलीले सहभागीता जनाउने छन् ।

पहिलो दिन आज चार खेल हुनेछन् । टियु क्रिकेट मैदानमा हुने उदघाटन खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशविरुद्ध खेल्नेछ । त्यसैगरी टियु मैदानमै दोस्रो खेल नेपाल एपीएफ क्लब र प्रदेश नं. २ बीच हुनेछ ।

यता मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र सुदुरपश्चिम प्रदेशबीच पहिलो खेल हुनेछ । मुलपानीमै दोस्रो खेल बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच हुनेछ ।

समूह ‘ए’ मा आर्मी क्लब, कर्णाली प्रदेश, पुलिस क्लब, सुदुरपश्चिम प्रदेश र प्रदेश नं. १ रहेका छन् । समूह ‘बी’ अन्तर्गत एपीएफ क्लब, प्रदेश नं. २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् । हरेक समूहका शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । सेमिफाइनल माघ ४ र फाइनल माघ ५ मा हुनेछ ।

१. प्रदेश १ को टोली
सिद्धान्त लोहनी (कप्तान), मुकुन्द यादव, श्रेवण यादव, दीपेश कँडेल, मिनाश थापा, शाकिब हक, अंकित सुवेदी (उपकप्तान), मनोज तामाङ, बिधान गोस्वामी, सोनु अन्सारी, सुमन श्रेष्ठ (विकेटकिपर), फिर्दोस अन्सारी, कमल खत्री र विवेक मेहता
प्रशिक्षक : लाक्पा लामा
व्यवस्थापक : अजय राजवंशी
प्रदेश १ को खेल तालिका
पुष २७ ( ११ जनवरी) – कर्णाली प्रदेशसँग, मुलपानी मैदान(विहान)
पुष २९ (१३ जनवरी) – आर्मीसँग, मुलपानी (विहान)
माघ १ (१५ जनवरी) – प्रदेश १ सँग, टियु मैदान(विहान)
माघ २ (१६ जनवरी) – सुदूरपश्चिमसँग, टियु (विहान)

२. प्रदेश २ को टोली
हासिम अन्सारी (कप्तान), सुरज पटेल, हरिशंकर शाह, सन्तोष कार्की, आदिल आलम, विवेक यादव (उपकप्तान), राहुल प्रताप सिंह, महबुब आलम, रुपेश सिंह, विशाल शुश्लिङ, हरि कृष्ण झा, प्रतिक यादव, जितेन्द्र यादव र कुमार थापा ।
प्रदेश २ को खेल तालिका
पुष २६ (१० जनवरी) – एपिएफसँग, टियु मैदान (दिउँसो)
पुष २७ (११ जनवरी) – गण्डकीसँग, मुलपानी मैदान (दिउँसो)
पुष २९ ( १३ जनवरी) – लुम्बिनीसँग, टियु (दिउँसो)
पुष ३० ( १४ जनवरी) – बागमतीसँग, टियु (दिउँसो)

. बागमतीको टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), सुवास खकुरेल (विकेटकिपर), नन्दन यादव, आदिल खान, लक्की खडायत, प्रतिश जि.सी., ईशान पाण्डे, रामनरेश गिरी, तिलकराज भण्डारी, रिजन ढकाल, सुमन सुनार, विपिन आचार्य, सुभास खत्री र रोशन विक ।
प्रशिक्षक रिकेश लामा
व्यवस्थापक – रुपक रञ्जित
बागमतीको खेल तालिका
पुष २६ (१० जनवरी) – लुम्बिनीसँग मुलपानी क्रिकेट मैदान (दिउँसो)
पुष २७ ( ११ जनवरी) – एपिएफसँग टियु मैदान, दिउँसो
पुष ३० (१४ जनवरी) – प्रदेश २ सँग, टियु (दिउँसो)
माघ १ (१५ जनवरी) – गण्डकीसँग टियु मैदान, दिउँसो

४. गण्डकीको टोली
विपिन खत्री (कप्तान), विशाल पौडेल (उपकप्तान), विधान श्रेष्ठ (विकेटकिपर), दीपक डुम्रे (विकेटकिपर), अर्जुन कुमाल, अनिल गुरुङ, गोविन्द वि.क, सन्दीप खत्री क्षेत्री, अभिषेक बस्नेत, कमल परियार, सुभास भण्डारी, अशोक श्रेष्ठ, कृष्ण पौडेल र चन्द्रकान्त पौडेल ।
प्रशिक्षक : रिजन प्रजु
व्यवस्थापक : चन्द्र कुमार गुरुङ
गण्डकीको खेल तालिका
पुष २७ (११ जनवरी) – प्रदेश २ सँग मुलपानी क्रिकेट मैदान(दिउँसो)
पुष २९ (१३ जनवरी) – एपिएफसँग मुलपानी (दिउँसो)
माघ १ (१५ जनवरी) – बागमतीसँग टियु क्रिकेट मैदान (दिउँसो)
माघ २ (१६ जनवरी) – लुम्बिनीसँग टियु (दिउँसो)

५. लुम्बिनी टोली
कृष्ण कार्की (कप्तान), सौरभ खनाल (उपकप्तान), सन्दीप रजाली, देव खनाल, विक्रम भुषाल, अनिल खरेल, दुर्गेश गुप्ता, सुशान्त सिंह थापा, तुलबहादुर थापा, बसिर अहमद, सिद्धान्त राज शाही, विशाल विक्रम केसी, मोहन खत्री र दीपेन्द्र रावत ।
प्रशिक्षक : दीपेन्द्र प्रताप सिंह
टिम व्यवस्थापक : नासिर अन्सारी
लुम्बिनीको खेल तालिका
पुष २६ (१० जनवरी) – बागमतीसँग, मुलपानी मैदान (दिउँसो)
पुष २९ (१३ जनवरी) – प्रदेश २ सँग, टियु मैदान (दिउँसो)
पुष ३० (१४ जनवरी) – एपिएफसँग, मुलपानी (दिउँसो)
माघ २ (१६ जनवरी) – गण्डकीसँग, टियु मैदान (दिउँसो)

६. कर्णालीको टोली
रविन्द्रजंग शाही (कप्तान), प्रकाश जैशी, निश्चल रावल (उपकप्तान), दिवान पुन, अनुज चनारा, हिमान्शु शाही, दीनेश अधिकारी, विपिन रावल, हेमन्त ओली, अर्जुन घर्ती, राज कुमार शाह, मनिश थापा, अनुप कुँवर र रुपक ढकाल ।
टिम म्यानेजर : रोशन शाही
प्रशिक्षक : विरेन्द्र शाही
कर्णालीको खेल तालिका
पुष २६ (१० जनवरी ) – आर्मीसँग, टियु मैदान (विहान)
पुष २७ (११ जनवरी) – प्रदेश १ सँग, मुलपानी मैदान (विहान)
पुष २९ (१३ जनवरी) – सुदूरपश्चिमसँग, टियु मैदान (विहान)
पुष ३० (१४ जनवरी) – पुलिससँग, टियु (विहान)

७. सुदूरपश्चिमको टोली
सन्तोष भट्ट (कप्तान), खडक बहादुर बोहरा, गजेन्द्र बोहरा, दीपक बोहरा, हेमन्त धामी, विकाश आग्री, आदित्य महता, नारायण जोशी, शेर मल्ल (उपकप्तान), वसन्त कार्की, अर्जुन साउद, राजु रिजाल (विकेटकिपर), दीपक टमटा र कैलाश ऐर ।
वैकल्पिक खेलाडी : नरेन भट्ट, अनुराग सिंह, सत्यराज विष्ट र मिलन बोहरा ।
प्रशिक्षक – खेमराज भट्ट
व्यवस्थापक – लक्ष्मण दत्त भट्ट
सुदूरपश्चिमको खेल तालिका
पुष २६ (१० जनवरी) – पुलिससँग, मुलपानी मैदान(विहान)
पुष २९ ( १३ जनवरी) – कर्णालीसँग, टियु मैदान (विहान)
पुष ३० ( १४ जनवरी) – आर्मीसँग, मुलपानी (विहान)
माघ २ (१६ जनवरी) – प्रदेश १ सँग, टियु (विहान)

८. एपिएफको टोली
शरद भेषावकर (कप्तान), प्रदीप ऐरी (विकेटकिपर), किशोर महतो, कमलसिंह ऐरी, सन्दीप जोरा, अभिनाश बोहरा, अमरसिंह राउटेला, आशिफ शेख (विकेटकिपर), पुरण वि.क, सुमित महर्जन, लोकेश बम, रित गौतम, भुवन कार्की र दीपक बोहरा ।
प्रशिक्षक : राजेश श्रेष्ठ
व्यवस्थापक : अमित मल्ल
एपिएफको खेल तालिका
पुष २६ (१० जनवरी) – एपिएफविरुद्ध प्रदेश २, टियु मैदान (दिउँसो)
पुष २७ (११ जनवरी) – एपिएफविरुद्ध बागमती, टियु (दिउँसो)
पुष २८ (१३ जनवरी) – एपिएफविरुद्ध गण्डकी, मुलपानी (दिउँसो)
पुष २९ (१४) जनवरी – एपिएफविरुद्ध लुम्बिनी, मुलपानी (दिउँसो)

९. आर्मीको टोली
विनोद भण्डारी (कप्तान), हरि चौहान, विक्रम सोब, राजेश पुलामी मगर, सोमपाल कामी, शाहब आलम, सुशान भारी, रोहित कुमार पौडेल, जितेन्द्र मुखिया, इन्द्रकमल मानन्धर, आकाश चन्द, सोनु तामाङ, तुलबहादुर थापा मगर र कुशल मल्ल ।
प्रशिक्षक – चन्द्र साउद
व्यवस्थापक – सागर सम्शेर थापा
आर्मीको खेल तालिका
पुष २६ (१०जनवरी) – कर्णालीसँग, टियु (विहान)
पुष २७ (११जनवरी – पुलिससँग, टियु (विहान)
पुष २९ (१३ जनवरी) – प्रदेश १ सँग, मुलपानी (विहान)
पुष ३० (१४जनवरी) – सुदूरपश्चिमसँग, मुलपानी (विहान)

१०. पुलिसको टोली
आरिफ शेख, पवन सरार्फ, सागर ढकाल, करण केसी, गुलशन झा, अनिल शाह, योगेन्द्रसिंह कार्की, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, शंकर राना, राशिद खान, दीलिप नाथ, मञ्जित श्रेष्ठ र अमित श्रेष्ठ ।
प्रशिक्षक – मनोज कटुवाल
व्यवस्थापक – चित्र विष्ट
पुलिसको खेल तालिका
पुष २६ ( १० जनवरी) – सुदूरपश्चिमसँग, मुलपानी क्रिकेट मैदान (विहान)
पुष २७ ( ११जनवरी) – आर्मीसँग, टियु मैदान (विहान)
पुष ३० (१४ जनवरी) – कर्णालीसँग, टियु (विहान)
माघ १ (१५ जनवरी) – प्रदेश १ सँग, टियु (विहान)