
धादिङ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी धादिङले ज्वालामुखअं गाउँपालिकाकाे प्रथम भेला सम्पन्न गरेकाे छ । जनसेवा तथा संगठन विस्तार अभियान अन्तरगत शुक्रबार खनियाबासकाे भेला गरेकाे नेकपाले शनिबार ज्वालामुखीकाे भेला सम्पन्न गरेकाे हाे ।
भेलालाई सम्बोधन गर्दै जिल्ला सेक्रेटेरी सुमन क्षत्रीले व्यक्ति छान्ने चुनाव होईन व्यवस्था छान्ने चुनाव नै वैज्ञानिक विकल्प भएकोले जनमतसंग्रह मार्फत जनमत राख्न पाउनु बताएका थिए । नेपालमा अहिले विद्यमान दलाल संसवादी राजनितक पार्टीहरुवाट देशले निकास पाउन नसक्ने र यिनिहरु मिति सकेको औषधि जस्तै भईसकेको अाराेप समेत लगायका थिए । संसदवाट mcc जस्तो राष्ट्रघाति परियोजना पारित गर्न लागेकाले राष्ट्रघाति सम्झौताका विरुद्धमा हाम्रो पार्टी आन्दोलनमा रहेको र राष्ट्रिय स्वाधिनताका पक्षमा लड्ने एउटा मात्र देशभक्त पार्टी नेपाल कम्युनिस्ट पार्टी भएकोले जनता अाफ्नाे पक्षमा रहेकाे समते उनकाे दावी थियाे ।
नेकपा ज्वालामुखिकाे भेलाले जेम्स तामाङको नेतुत्वमा ९ सदस्यीय गाउँ कमिटि गठन गरेको छ । भेलामा प्रमुख आतिथि जिल्ला सेक्रेटरी सुमन क्षेत्रि, विशेष अतिथि अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका केन्द्रीय सचिव सागर तामाङ र अतिथि जिल्ला सदस्य लेख बहादुर तामाङ रहेको थियो ।
भेलालाई अखिल नेपाल किसान महासघका केन्द्रीय सचिव अन सागर तामाङ र जिल्ला सदस्य लेख बहादुर तामाङले पनि सम्बोधन गर्नु भएको थियो। भेलाको अध्यक्षता गाउँकमिटि सेक्रेटरी जेम्स तामाङले गर्नु भयो थियो ।
