नेपालद्वारा बंगलादेश पराजित, नेपाली महिला टोलीको लगातार तेस्रो जित

Avatar photo
Dhadingpost
पुस १०, २०७८

काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन भलिबल प्रतियोगितामा आज बंगलादेशलाई हराउँदै नेपालको राष्ट्रिय महिला टोलीले लगातार तेस्रो जित निकालेको छ ।

बंगलादेश ढाकामा जारी यस प्रतियोगितामा आज शनिबार आयोजक बंगलादेशलाई ३(० को सोझो सेटमा हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको हो । नेपालले बंगलादेश माथि २५-५, २५-१५ र २५-१७ को सेटमा जित निकालेको थियो ।

यस अघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-२ सेटमा हराएको थियो । यस्तै दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सेटमा हराएको थियो । साविक विजेता समेत रहेको नेपालले ३ खेलमा ८ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा उक्लिएको छ ।

आजै साँझ ५ः४५ बजे नेपालको पुरुष टोलीले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । नेपालको पुरुष टोली दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपाल बंगलादेशसँग ३-० को सेटमा पराजित भएको थियो । तर, दोस्रो खेलमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराएको थियो ।

नेपालको १२ सदस्यीय पुरुष टोलीः
इम बहादुर राना, हरि हजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, टेकराज अवस्थी, हरि बहादुर अधिकारी, दुर्गा बहादुर खड्का, भैरव बम, विशाल विक, सरन सामरी क्षेत्री र विनोद चन्द

नेपालको महिला भलिबल टोली
प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, साफिया पुन, सुनिता खड्का, मनिषा चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ, अरुणा शाही र कृपा अधिकारी