गजुरीबाट १० किलो गाजा सहित १ जना पक्राउ

Avatar photo
Dhadingpost
मंसिर २९, २०७८

धादिङ । धादिङ गजुरी गाउँपालिका ४ सउरबोटे बस्ने ५१ वर्षिय मोतिलाल तामाङलाई १० केलो गाँजा सहित प्रहरीले पक्राउ गरेको छ ।

गजुरीबजार स्थित पृथ्वि राजमार्ग सडक खण्डमा चेकजाँच गर्ने क्रममा काठमाण्डौंबाट चितवन तर्फ जान आउँदै गरेको यात्रु बाहक मिनी बसबाट प्ररीले गाँजा सहित मोतिलाल तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पछाडी भिर्ने झोला भित्र लुकाई छिपाई ल्याएको अबस्थामा १० किलो २०० ग्राम लागु औषध गाँजा फेला परेकोले लागु औषध गाँजा सहित निजलाई पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ । फाईल तस्वीर