राप्रपा महादिवेशनः धादिङका बुद्धिमान तामाङ र ठाकुर शर्मा दुई तिर

Avatar photo
Dhadingpost
मंसिर १५, २०७८

धादिङ मंसिर १५ । राष्ट्रिय प्रजतन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन आजबाट सुरु हुँदैछ । विभिन्न ध्रुर्वमा विभाजित रहेको राप्रपा एकीकृत भएपछि पहिलो पल्ट महाधिवेशन हुन लागेको हो ।

यो अधिवेशनमा धादिङका बुद्धिमान तामाङ, ठाकुर शर्मा र डम्बर बहादुर तामाङ उम्मेदवारका आकांक्षी छन् । बुद्धिमान तामाङ उनको भाई डम्बर बहादुर तामाङ कमल थापा समुहबाट चुनावी प्रतिपर्धामा जाने तयारीमा छन् भने प्रकाशचन्द्र लोहनीका नीकट पात्र ठाकुर प्रसाद शर्मा पूर्वमहामन्त्री राजेन्द्र लिङ्देन समुहमा देखिएको राप्रपा स्रोतले जनाएको छ ।

अध्यक्ष उम्मेदवार कमल थापालाई चुनौती दिँदै पूर्वमहामन्त्री राजेन्द्र लिङ्देनले पनि आफू अध्यक्षको लागि फिट भएको दावी गर्दै उम्मेदवारको घोषणा गरेका छन् ।

लिङ्देनलाई प्रकाशचन्द्र लोहनी, डा धवलशमशेर राणा, टङ्क ढकाल, राजेन्द्र गुरुङ, गोविन्दबहादुर शाह, सविन लावती, दीप शाही, हेमजङ्ग गुरुङलगायत नेताका साथ रहेको छ भने थापालाई नेताहरू दीपक बोहोरा, बुद्धिमान तामाङ, ध्रुव प्रधान, जयन्त चन्द, रोशन कार्की, उद्धव पौडेल, भुवन पाठकको साथ रहेको छ ।

संघीयता खारेजी, हिन्दु राज्य र राजतन्त्र राप्रपाको मुख्य एजेण्डा सहित हुन लागेको राप्रपाकाृ यस महादिवेशनमा प्रदेशसभा निर्वाचन क्षेत्रबाट कम्तिमा नौ जना र सक्रियता सदस्य बढि भएको क्षेत्रमा थप दुई गरी देशभरबाट करिब ३ हजार प्रनिनिधि सहभागी हुने छन् । महाधिवेशनले १४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।