
धादिङ कात्तिक २७ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ताल्ती स्थित गौरी शंकर महादेव मन्दिर परिसरमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । हरिवोधनी एकादशीको अवसरमा हुने उक्त सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको वेजोड प्रस्तुती रहने बताईएको छ ।
उज्यालो युवा समाजले आयोजना गर्न लागेको उक्त कार्यक्रममा टीका सानु, खुमन अधिकारी, रितु तामाङ, प्रदिप रोक्का, अस्मिता डाल्लाकोट, जेनी मगर लगायतका कलाकार आउने बताईएको छ ।
