सिद्धलेक गाउँपालिकाद्धारा विस्थापित दुई परिवारलाई आर्थिक सहयोग

Avatar photo
Dhadingpost
कार्तिक ९, २०७८

धादिङ कार्तिक ९ । सिद्धलेक गाउँपालिकाले बाढी पहिरोले बिस्थापित बनेका दुई परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।
गत साउनमा बाढी पहिरोले क्षति पुर्याएका चेलिमायाँ घले र श्रीमायाँ घलेका परिवारलाई एक एक लाख रुपैयाँ नगद सहयोग उपलब्ध गराएको हो ।

गाउँपालिकाको प्राविधिकले स्थलगत अनुगमन गरी मुल्यांकनको आधारमा आर्थिक सहयोग गरेको गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले बताए । उपाध्यक्ष कमला शर्मा अधिकारीले पीडित परिवारलाई सोमबार पालिकामा बोलाएर चेक हस्तान्तरण गर्दै बिपदमा परेका नागरिकका लागि पालिका सँधै साथमा रहने बताएकी थिईन् ।