बागमती प्रदेशभित्र बढ्यो बस भाडा (भाडा दर समेत)

Avatar photo
Dhadingpost
कार्तिक १, २०७८

धादिङ कार्तिक १ । आजबाट बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म वृद्धि भएको छ । काठमाडौं उपत्यकामा २८ र उपत्यका बाहिर २३ प्रतिशत भाडादर वृद्धि भएको हो । बागमती प्रदेश सरकारले दसैं अगाडि नै भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । दसैंको बेला गाउँ जानेहरुलाई समस्यामा पर्ने भन्दै दसैंपछि मात्रै नयाँ भाडा दर लागू भएको हो । तर धादिङमा भने बस व्यवसायीहरुले प्रदेश सरकारले लागू गर्नु पूर्व दशै अगाडी नै भाडा बढाएका थिए ।

यातायात व्यवसायीले भने ७० प्रतिशत भाडादर वृद्धि गर्न माग गरेको भएपनि बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा करिब २८ प्रतिशत र उपत्यका बाहिर २३ प्रतिशत भाडादर वृद्धि गरेको छ । यो सँगै अब धादिङ-काठमाडौं भाडा २२६ रुपैया, धादिङबेसी-नारायणघाट २६१ रुपैया, गल्छी-देबीघाट ५४ रुपैया भाडादर कायम भएको छ ।