एमाले धादिङले कार्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन गर्ने

Avatar photo
Dhadingpost
कार्तिक १, २०७८

धादिङ कार्तिक १ । नेकपा एमाले धादिङले यहि कार्तिक ६ गते धादिङका १०४ वटै वडामा वडा अधिवेसन र ९ गते जिल्ला १३ वटै पालिकामा पालिका अधिवेशन गर्ने भएको छ । ६ गते देशैभरिका ६ हजार ७ सय ४५ वडा र कात्तिक ९ गते ७५३ स्थानीय तहमा अधिवेशन गर्ने कार्यक्रम अनुसार नै धादिङमा ६ र९ गतेको अधिवेशनका लागि तयारी थालिएको जिल्ला सचिव अर्जुन कुमार गोर्खालीले धादिङपोष्टलाई बताए ।

एमाले केन्द्रीय कार्यालयले बढीमा ५ सयसम्म वडालाई जुममा जोडेर अध्यक्ष केपी शर्मा ओलीले एकैपटक भर्चुअल रुपमा वडा अधिवेशनहरूको उaद्घाटन तथा शुभकामना सन्देश दिनेगरि तयारी गरिरहेको छ । एमालेको विधान अनुसार वडा कमिटी सबैभन्दा तल्लो तहको कार्यकारी निकायका रुपमा रहेको छ । त्यसभन्दा तल प्रारम्भिक कमिटीहरू रहे पनि कार्यकारी काम वडा कमिटीबाट हुन्छन् । वडा कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र सदस्यहरू अधिवेशनबाट निर्वाचित हुने तामाङले बताए । कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ ।