
धादिङ असोज ३१ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रिय समितिमा रहेका धादिङका ६ जनाले नै नयाँ जिम्मेवारी पाएका छन् । धादिङबाट केन्द्रिय कमिटीमा रहेका गुरुप्रसाद बुर्लाकोटी, इन्दिरा ढुङ्गाना, माया शर्मा, कमला तुलाधार, कृष्णप्रसाद अर्याल, कृष्णहरि श्रेष्ठलाई नेकपा (एस) को स्थायी कमिटीको बैठकले नयाँ जिम्मेवारी ठोस गरेको हो ।
कस्ले कुन जिम्मेवारी पाए ?
१. गुरुप्रसाद बुर्लाकोटी केन्द्रीय सदस्य ,धादिङ इन्चार्ज
२. इन्दिरा ढुङ्गाना बैकल्पिक केन्द्रीय सदस्य, धादिङ सह इन्चार्ज
३. माया शर्मा, बैकल्पिक केन्द्रीय सदस्य, धादिङ सह इन्चार्ज
४. कमला तुलाधार बैकल्पिक केन्द्रीय सदस्य,
५. कृष्णप्रसाद अर्याल, सदस्य केन्द्रीय अनुशासन आयोग
६. कृष्णहरि श्रेष्ठ , सदस्य केन्द्रीय अनुशासन आयोग








































