साफ च्याम्पियनका लागि नेपाल आज भारत सँग खेल्दै

Avatar photo
Dhadingpost
अशोज ३०, २०७८

धादिङ असोज ३० । मालेस्थित राष्ट्रिय रंगशालामा दक्षिण एसियाली राष्ट्रका पुरुष राष्ट्रिय फुटबल टोलीले खेल्ने एक मात्र प्रतियोगिता साफ च्याम्पियनसि उपाधिका लागि नेपाल आज भारत सँग बेलुका ८ः४५ बजे खेल्दैछ । बंगलादेलाई बराबरीमा रोक्दै फाईनल प्रवेश गरेको नेपाल र माल्दिभ्सलाई हराउँदै फाईनल प्रवेस गरेको यी दुई देश बीचको फाईनल खेल नेपालका लागि थप उल्लास पूर्ण र किर्तिमानी पूर्ण हुनेछ ।

विगतमा दक्षिण एसियाली खेलकुद (साग) तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) को उपाधि नेपालले दुई पटक जितेपनि त्यसयता सिनियर टोलीले खेल्ने कुनै उपाधि नेपालले जितेको छैन । १९८४ मा भएको पहिलो साग र १९९३ मा बंगलादेशमा भएको छैटौं सागमा नेपालले स्वर्ण पदक जितेयता क्षेत्रिय सिनियर टोलीले क्षेत्रियस्तरको कुनै प्रतियोगिता जितेको छैन । यसकारण पनि यो फाईनल खेल जित्नु ऐतिहासिक हुनेछ ।

फरक फरक नामले आयोजना हुँदै आएको साफ च्याम्पियनसिपको पहिलो संस्करण सन् १९९३ पाकिस्तानमा भएको थियो । त्यति बेला साउथ एसियन एसोसिएसन अफ रिजनलको अपरेसन (सार्क) गोल्ड कपको नाममा आयोजना भएको थियो । झण्डै ३ दशक लामो इतिहास बोकेको २००८ बाट भने साफ च्याम्पिनसिपको नामबाट आयोजना हुँदै आएको छ । विगतामा ८ राष्ट्रको सहभागिता रहने गरेको च्याम्पिननसिपमा ५ राष्ट्र च्याम्पियन बनेका छन् । सर्वाधिक सफल टोलीका रुपमा भारतले ७ पटक, माल्दिभ्सले २ पटक, श्रीलंका, बंगलादेश र अफगानिस्तानले समान एक पटक जितेका छन् ।

नेपाल, पाकिस्तान र भुटानले भने अहिले सम्म च्याम्पिनसिप जित्न सकेको छैन । सागमा सिनियर टोलीले खेल्दा २ पटक स्वर्ण पदक जितेपनि नेपाल साफ च्याम्पिनयसिपमा पटक सेमिफाइनल पुगेपनि अहिले सम्म फाइनल पुग्न सकेको छैन । हरेक पटक दाबेदारका रुपमा हेरिने नेपाली टोली निराश भएर फर्कने गरेको छ । २०१६ मा एएफसी सोलिडारिटी कप, त्यसको केहि अघि बंगबन्धु गोल्ड कप, चैतमा थ्री नेसन्स कप जितेपछि साफ च्याम्पिनयसिप नजित्दा सम्म नेपाललाई दक्षिण एसियाली राष्ट्रको च्याम्पियनको हैसियत पाउने छैन ।

साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो । नेपालले यस अघि सेमिफाइनलसम्मको यात्रा तय गर्दै आइरहेको थियो । त्यसैले नेपाल आज भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न चाहन्छ । तर, भारतविरुद्ध सहज नहुने नेपाली टोलीलाई जानकारी छ । साफमा भारत सबैभन्दा सफल टिम हो । भारतले हालसम्म ७ पटक उपाधि जितिसकेको छ । भारत आठौं पटक उपाधि उचाल्ने योजनामा हुनेछ । तर, नेपाली टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङ भारतविरुद्ध गोर्खाली शैलीमा खेलेर जित निकाल्ने बताउँछन् ।