टिकाको साईत १० बजेर २ मिनेटमा

Avatar photo
Dhadingpost
अशोज २९, २०७८

धादिङ असोज २९ । नेपालीहरुको महान् चाड बडा दशैंको मुख्य दिन अर्थात आज विजया दशमी । आजको दिन मान्यजनहरूबाट टीका र जमरा थापेर आशीर्वाद लिएर विजया दशमी मनाईदैछ । किम्बदन्तीअनुसार दशमीकै दिन दुर्गा भवानीले दानवी शक्तिमाथि तथा रामले रावणमाथि विजय हासिल गरेका थिए। सत्यले असत्यमाथि विजय पाएका कारण यस दिनलाई विजया दशमी भनिन्छ। तर बडा दशैं नेपालीहरूको साँस्कृतिक पर्वका रूपमा स्थापित हुदै आएको छ। बडा दशैं प्राय सबै नेपालीले विभिन्न तरिकाले मनाउने गरेका छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत भनेर १० बजेर २ मिनेटलाई तोकिदिएको भए पनि बिहान ८ बजेर १९ मिनेटमा देबी विसर्जन गरेपछि जुनसुकै समयमा मान्यजनबाट टीका–जमरा लगाएर आशिर्वाद लिन सकिन्छ,’ नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा।डा। रामचन्द्र गौतमले बताए । ‘साइतमा मिल्छ भने १० बजेर २ मिनेटको साइतमै लगाउने, मिल्दैन भने आफ्नो अनुकूल जुन बेला मिल्छ, त्यहीबेला लगाउने । अगाडि लगाए पनि हुन्छ, पछाडि लगाए पनि हुन्छ,’ प्रा।डा। गौतमले भने ।