एमालेको आधिकारिक लोगो परिवर्तन

Avatar photo
Dhadingpost
अशोज १७, २०७८

काठमाडौं असोज १७ । नेकपा एमालेको विधान महादिवेशनले आधिकारिक लोगो परिवर्तन गरेको छ । ललितपुरको गोदावरीमा सम्पन्न प्रथम विधान महाधिवेशनले नयाँ लोगो पारित गरेको हो ।

एमालेले यसअघि प्रयोग गर्दै आएको लागोमा परिमार्जन गर्दै अब एमालेको लोगोमा रातो पृष्ठभूमिमा सूर्यभित्र सुनौला रंगको हँसिया हथौडा रहने उपमहासचिव विष्णु पौडेलले जानकारी दिए । यसअघि एमालेको लोगोमा सूर्यभित्र सीपीएन यूएमल बीचमा सानो आकारको हँसिया हथौडा थियो ।