बेनीघाट रोराङको कांग्रेस सभापतिमा ऋषि त्रिपाठी निर्वाचित

Avatar photo
Dhadingpost
अशोज ९, २०७८

धादिङ असोज ९ । नेपाली कांग्रेस बेनीघाट रोराङको सभापतिमा ऋषि त्रिपाठी निर्विरोध निर्वाचित भएका छन् । उप सभापतिमा सहमति हुन बाँकी रहेको र अन्य पदमा निर्विरोध भै सकेको बेनीघाट रोराङबाट हाम्रा प्रतिनीभि दिपेश कडेलले बताए । यस अघि गजुरी, त्रिपुरासुन्दरी र ज्वालामुखी गाउँपालिकामा पनि निर्विरोध सभापति चएन भैसकेको कांग्रेसले बताएको छ ।

जिल्लाभरबाट कांग्रेसको २ हजार १८२ जना प्रतिनीधिहरु चुनिएका छन् । सबै भन्दा बढी नीलकण्ठ नगरपालिकाबाट १७८ जना महिला र ३१० जना पुरुष गरि ४८८ जना प्रतिनीधिहरु चुनिएका छन् । भने सबै भन्दा कम नेत्रावती डवजोङ गाउँपालिकाबाट ३१ महिला र ६२ पुरुष सहित ९३ जना छन् ।

यस्तै धुनीबेसी नगरपालिका १५७ जना, थाक्रे १८१ जना, गल्छी १३५ जना, गजुरी १३७ जना, बेनीघाट रोराङ १६३ जना, सिद्धलेक १३८, नीलकण्ठ ४८८ जना, ज्वालामुखी १९८ जना, त्रिपुरासुन्दरी १६०, नेत्रावती डवजोङ ९३, गंगाजमुना १२९ जना, खनियाबास ९८ जना, रुबीभ्याली १०५ जना यी प्रतिनीधिहरुले नै पालिका कार्य समिति चुन्ने कांग्रेसको विधानमा उल्लेख भए अनुरुप अधिवेशन भएको हो । (यश अघि ऋषि त्रिपाठी हुनु पर्नेमा अन्यथा हुन गएकामा सच्याईएकाे छ । -सम्पादक )