धादिङका ४ सहित ९ जना चरेस ओसारपसारको अभियोगमा पक्राउ

Avatar photo
Dhadingpost
अशोज ६, २०७८

धादिङ असाेज ६ । धादिङका ४ सहित ९ जनालाई हस्तकला सामग्रीभित्र लागुऔषध चरेस राखेर ओसारपसार गर्दै आएकाे अभियाेगमा प्रहरीले पक्राउ गरेकाे छ ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले मङ्गलवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी हस्तकलाका सामग्रीभित्र चरेस राखेर ओसारपसार गर्दै आएका धादिङका अनिलबहादुर घले, सुनबहादुर गुरुङ, जितबहादुर तामाङ, कृष्णबहादुर तामाङ, नुवाकोटका उर्पा तामाङ, वीरबहादुर तामाङ, म्याग्दीका श्यामप्रसाद रोका, वीरबहादुर रोका र दिलबहादुर रोका, लाई सार्वजनिक गरेको हो ।