संविधान दिवसका अवसरमा ४८ जना पत्रकारहरू सम्मानित

Avatar photo
Dhadingpost
अशोज ३, २०७८

धादिङ असोज ३ । राष्ट्रपति कार्यालयले संविधान दिवसका अवसरमा विशिष्ट योगदान पु(याउने वरिष्ठ पत्रकार तथा पत्रकार ४८ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेको छ । सुप्रबल जनसेवाश्री तर्फ सम्मानित हुने पत्रकारहरुमा तारानाथ दाहाल, सुरेशप्रसाद आचार्य, हरिविनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतीक पन्त र हरिबहादुर थापा छन् ।

यस्तै कीर्तिमय राष्ट्रद्वीप तर्फ सम्मानितहुने पत्रकारहरूमा ओम शर्मा, गुणराज लुइटेल र महेश्वर दाहाल प्रबल जनसेवाश्री तर्फ बद्री सिग्देल, ऋषि धमला, अजयबाबु शिवाकोटी, नेत्रकुमार के. सी., मुकुन्द दाहाल, दिलभूषण दाहाल, समा थापा, विश्वमणि पोखरेल, कविर राणा, रविन सायमी, रवी मिश्र, अनिता बिन्दु, डा. बालकृष्ण चापागाई, माधव ढुंगाना, प्रकृति अधिकारी, मोहम्मद सदरुल, शालिग्राम सुवेदी, गोविन्द धिताल छन् ।

यसैगरी, जनसेवाश्री तर्फ सम्मानित हुने पत्रकारहरुमा भरतबन्धु थापा, भुवन शर्मा, दीपक खरेल, गिरिजाप्रसाद अधिकारी, प्रभातकुमार झा, नारायण अमृत, चन्द्रशेखर कार्की, किसन राई, खगेन्द्र अधिकारी, सुनील महर्जन, विष्णु खड्का, रेखा भूसाल, बृजकुमार यादव, आँकाक्षा शाह, नरेन्द्रकुमार साउद, लीला बराल, राममाया भट्टराई, भवानी कार्की, बृजलाल पासवान, डम्बरबहादुर अधिकारी र दीपेन्द्र श्रेष्ठ छन् ।