
धादिङ असोज २ । नेपाली कांग्रेस, धादिङ-पोखरा सम्पर्क समितिका आठ जना नेता केहि दिन पहिला सम्पन्न वडा अधिबेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित बनेका छन् । वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनेहरुमा सम्पर्क समितिका सभापति लालप्रसाद पाठक धादिङ नीलकण्ठ नगरपालिका वडा नं. १० बाट र वरिष्ठ सल्लाहकार कृष्णकुमार श्रेष्ठ पोखरा महानगरपालिका वडा नं. ६ निर्वाचित बनेका हुन् ।
यस्तै समितिका सल्लाहकार डा. ठाकुर सिलवाल धादिङ सिद्धलेक गाउँपालिका वडा नं. २, मोहन पण्डित गजुरी गाउँपालिका वडा नं. ५ बाट कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भए ।
यसैगरी समितिका वरिष्ठ उपसभापति यादुप्रसाद ढकाल धादिङ ज्वालामुखी गाउँपालिका वडा नं. ४, उपसभापति टेकबहादुर थपलिया त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६, सचिव माधव लम्साल नीलकण्ठ नगरपालिका वडा नं. ९ र सहसचिव सीता श्रेष्ठ नीलकण्ठ नगरपालिका वडा नं. ७ बाट कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

