स्वतन्त्र नागरिक अभियानद्वारा धादिङबेसीमा एमसीसी विरुद्ध प्रदर्शन

Avatar photo
Dhadingpost
भदौ २६, २०७८

धादिङ भादौ २६ । स्वतन्त्र नागरिक अभियानले धादिङबेसीमा आज अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध प्रदर्शन गरेको छ ।

एमसीसी राष्ट्रघाती कदम भएकोले संसदमा अनुमोदन नगर्न दवाप स्वरूप विरोध प्रदर्शन गरिरएको अभियनमा सहभागि दशरथ भण्डारीले धादिङपोष्टलाई बताए ।

एमसीसी खारेजीको माग राख्दै विरोधमा प्रदर्शन गर्दै उनीहरुले एमसीसी सम्झौतालाई अनुमोदन गर्नु भनेको नव औपनिवेशीकरण स्वीकार गर्नु हो । एमसीसी सम्झौता स्वीकार गर्दा देशमा अस्थिरता र द्वन्द्वमा फस्ने हुनाले आम आगरी एमसीसीको विरुद्धमा उत्रनु पर्ने बताएका थिए ।