सिद्धलेक गाउँपालिकाका १० जना कर्मचारी सम्मानित

Avatar photo
Dhadingpost
भदौ २२, २०७८

धादिङ भदौ २२ । धादिङको सिद्धलेक गाउँपालिकाले आफ्नो पालिकामा कार्यरत १० जना कर्मचारीहरुलाई सम्मान गरेको छ । प्रमुख प्रशासकिय अधिकृतको नेतृत्वमा बनाइएको समितिले सेवा अवधि, उनीहरुको कार्यसम्पादन, इमान्दारीता लगायतलाई आधार मानेर उनीहरुलाई पुरस्कृत गरिएको प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्माले बताए ।

१८ औँ निजामती सेवा दिवसको अवसरमा सिद्धलेक गाउँपालिकाले व्यावसायीक र सिर्जनशिल प्रसासनः विकास, समृद्धि र शुसासन भन्ने मुल नारा सहित भएको प्रवचन तथा पुरस्कार वितरणकार्यक्रममा उनीहरुलाई पुरस्कृत गरेको हो ।

सम्मानित हुनेमा ऋषि नेपाली, रचना श्रेष्ठ, हरि प्रसाद थपलिया, सीता मगर, तारानाथ सिलवाल, प्रमिला श्रेष्ठ, खोम नारायण श्रेष्ठ, टीका थापा मगर, तुलबहादुर घले र हरि कुमार श्रेष्ठ रहेका छन् । सम्मानित व्यक्तिहरुलाई गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल, उपाध्यक्ष कमला शर्मा, प्रमुख प्रशासकीय अधिकृत नन्दला शर्माले जनही नगद १० सहित माला र दोशल्ला ओढाएर प्रशंसा–पत्र प्रदान गरेका थिए ।