धादिङको ज्वालामुखीले आज इमाडोल सँग खल्ने

Avatar photo
Dhadingpost
भदौ २०, २०७८

धादिङ भाद्र २० । धादिङको लगनशील युवा समाजले आज ललितपुरको इमाडोल युवा क्लव सँग सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट प्रतियोगितामा खेल्ने भएकाे छ ।

भाद्र १६ गते बुधबार धादिङ कै शुभारम्भ युवा समाज गल्छी सँग ज्वालामुखीको लगनशील युवा क्लव १ गोलले पराजित भए सँगै अाज लिग चरण अन्तिम खेल दिनको ३:३० बजे ललितपुरको इमाडोल युवा क्लव सँग खेल्न लागेको हो । अाज ललितपुरकाे ईमाडाेल टीमलाई समूह विजेता बन्न कि गर, कि मरकाे अवस्थामा छन् । अाज हुने खेल याे समुहकाे अन्तिम खेल हाे । अहिले सम्म गल्छीले १ गेम जितेकाे छ भने १ गेम बारबरी खेलेकाे छ । ललितपुरकाे ईमाडाेलले १ खेल बराबरी खेलेकाे छ भने ज्वालामुखीले १ खेलमा पराजय व्यहाेरेकाे छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भाद्र १० गते देखि भईरहेको यो लिग प्रतियोगितामा ७८ वटा टिम सहभागि छन्, जसमा धादिङबाट ३ वटा क्लवहरुले भाग लिएका छन् । जसमा धादिङका दुई क्लवहरु ज्वालामुखीको लगनशील युवा क्लव र गल्छीको शुभारम्भ युवा समाज एउटै समहुमा परेका थिए ।

यस छनोट प्रतियोगितामा हरेक समूहको विजेताले दोस्रो चरणमा प्रवेश गर्नेछ । दोस्रो चरण तथा नक आउट चरणलाई ३ समूहमा विभाजन गरिएको छ । ‘सी’ छनौटबाट तीन टिम ‘सी’ डिभिजनमा बढुवा हुनेछन् ।

लगनशील युवा क्लव ज्वालामुखी खेलाडीहरु
पुर्ण मगर, ज्वालामुखी ७
कृष्ण गिदेल मगर, ज्वालामुखी ७
इन्द्र गिदेल मगर, ज्वालामुखी ७
अमर लामा, काभ्रे
लेखबहादुर मगर, सिद्धलेक ४
राम आले मगर, ज्वालामुखी ६
गंगाबहादुर गिदेल, ज्वालामुखी ७
आकाश छत्कुली, ज्वालामुखी ७
धिरेन आले, ज्वालामुखी ५
साहास मगर, खोटाङ
सञ्जु मगर, ज्वालामुखी ७
जोसन खड्का, त्रिपुरासुन्दरी १
ठाकुर आले, ज्वालामुखी २
राजन मगर, नेत्रावती डब्जोङ
अनुस्कार मगर, ज्वालामुखी ३
सागर राना, ज्वालामुखी ७
सुमन थापा मगर, ज्वालामुखी ३
दिपक बुडाथोकी, नीलकण्ठ २