एमालेमा बस्न पाएनौं, विकल्पमा एकीकृत समाजवादी जन्मियो -तुलाधर

Avatar photo
Dhadingpost
भदौ ९, २०७८

धादिङ भाद्र ९ । नेपाल कम्युनिष्ट एकीकृत समाजवादी नेता गंगालाल तुलाधरले पत्रकारहरु सँग कुरा गर्दै एमालेमा बस्न नदिएकोले विकल्पमा नयाँ पार्टी जन्मिएको बताएका छन् ।

रगत पसिना भिजेको पार्टी हो एमाले, हामीलाई त्याहाँ स्थान नदिएपछि त्यतिकै राजनीतिक विहिन अवस्थामा बस्ने पनि भएन आ नेपाली राजनीतिमा शसस्त क्रान्तिकारी कम्युनिष्ट पार्टीका रुपमा नेकपा एकीकृत समाजवादी पार्टी जन्मिएको तुलाधरले बताए ।

नेकपा (एकीकृत समाजवादी) का ५५ जना केन्द्रीय सदस्य र ३३ जना सांसद निर्वाचन आयोग पुगेर सनाखत गरे सँगै पत्रकारहरु सँग कुरा गर्दै तुलाधरले एमालेको विषयमा के छ टिप्पणी भन्ने प्रश्नमा आफ्नो कुनै टिप्पणी नभएको बताए ।