
धादिङ भाद्र ९ । धादिङका नेताहरु पुष्प विक्रमल्ल, कल्पना धमला र ओम शर्माले माओवादी केन्द्रको विभागिय संगठनको प्रमुख एवम् शालिकराम जमकट्टेलले जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु मल्लले उपत्यका विशेष समिति अन्तरगत उद्योग व्यवसायी विशेष जिल्ला समिति इन्चार्ज, केन्द्रीय विभाग अन्तरगत स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखमा कल्पना धमला, प्रवास समितिको अध्यक्षमा ओम शर्मा र धादिङ जिल्ला समन्वय समिति इन्चार्जमा शालिक राम जम्टकट्टेलले जिम्मेवारी पाएका छन् ।
माओवादी केन्द्रको केन्द्रीय समितिले दिएको निर्देशन र जिम्मेवारी अनुसार सम्पन्न स्थायी समितिको वेठकले संविधानले संस्थागत गरेको संघीयताको मर्म अनुरुप संगठनात्कम ढाँचामा पार्टीलाई लैजान गरेको जिम्मेवारी बाँडफाँडमा धादिङका जनयुद्धका संस्थापक नेताद्वय मोहन कार्की र विष्णु पुकार श्रेष्ठ र रामहादुर भण्डारीको जिम्मेवारी भने माओवादी केन्द्रले तय गरेको नयाँ संरचनामा अटाएका छैनन् ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेशको इन्चार्जमा हितमान शाक्य चयन भएका छन् । माओवादी केन्द्रले केन्द्रीय विभाग, प्रदेश इञ्चार्ज र सह–इञ्चार्ज, जिल्ला इञ्चार्ज तथा जनवर्गीय संगठनका इञ्चार्जहरु तोकेसँगै बागमती प्रदेशको इन्चार्जमा शाक्य चयन भएका हुन् ।
यस्तै, माओवादी बागमती प्रदेशको सह–इन्चार्जमा हितबहादुर तामाङ, शशी श्रेष्ठ, सुर्य सुवेदीले जिम्मेवारी पाएका छन् भने अध्यक्षमा नारायण दाहालले जिम्मेवारी पाएका छन् ।
माओवादी बागमती प्रदेशको सचिवमा भने हालसम्म कसलाई जिम्मेवारी दिने भन्ने विषयमा ढुंगो लागेको छैन । यस्तै, माओवादी केन्द्र मकवानपुरको इन्चार्जको जिम्मेवारी कुमारीले पाएकी छन् ।
