शिक्षक राजेन्द्र पान्डेलाई हृदयघात, अहिले खतरा मुक्त

Avatar photo
Dhadingpost
भदौ ३, २०७८

धादिङ भाद्र ३ । बेनीघाट रोराङ गाउँपालिका स्थित चन्द्रोदय माध्यामिक विद्यालयका शिक्षक राजेन्द्र पान्डेलाई हृलयघात भएको र हाल खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

श्रावण ३२ गते बिहान स्वास्थ्यमा समस्या आएपछि मलेखु टिचिङ हस्पिटलको आकस्मिक कक्षमा ल्याईएको थियो । मुटुको ECG गराउदा Heart Attack (Myocardial Infarction) को लक्षण देखा परेकोले Life Saving Medicines ( Heart Attack बाट बचाउने) दिएर उहाँलाई काठमाडौं रिफर गरिएको थियो ।

दक्षिणी धादिङ मलेखुमा रहेको यस अस्पताल पछिल्लो समय प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह हुनथाले सँगै यो पछिल्लो समय हृदयघातको समेत उपचार हुनु प्रशंषनीय कार्य भएको स्थानीयहरु बताउँछन् ।

मलेखु अस्पतालले समय मै उक्त खोप लगाएकोले पाण्डे खतरा मुक्त भएका थिए । काठमाडौं स्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रांस्प्लांट सेन्टरमा आकस्मिक शल्यक्रिया सफल भएको र हाल खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।