मनोज गोर्खालीद्वारा एनआरएनए युवा संयोजकमा उम्मेदवारी घोषणा

Avatar photo
Dhadingpost
भदौ २, २०७८

धादिङ भाद्र २ । युवा सामाजिक अभियान्तको रुपमा परिचित धादिङ बेनीघाट रोराङ घर भई युएई बस्दै आएका मनोजकुमार श्रेष्ठ ‘गोरखाली’ ले एनआरएनएको आशन्न चुनावमा युवा संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

गैरआवासीय नेपाली संघ एनआरएनएको मध्यपूर्व उपसंयोजकको भुमिकामा रहेका ‘गोरखाली’ ले आगामी अक्टोबर २३-२५ मा हुने एनआरएनएको केन्द्रिय अधिवेशनमा आफ्नो उम्मेदवारी युवा संयोजकमा रहने बताएका हुन् ।

सुरषित वैदेशिक रोजगार युवा उद्यमशिलता एनआरएनए मार्फत पुरा गर्ने मेरो प्रतिवद्धता भन्ने नाराका साथ आफुले युवा संयोजकमा उम्मेदवारी दिन लागेको ‘गोरखाली’ धादिङपोष्टलाई बताए ।

‘गोरखाली’ ले युवा संयोजकमा उम्मेदवार घोषणा गरे सँगै निवर्तमान युवा उपसंयोजक, एनआरएनए एनसीसी कतारका नारायण भण्डारीले युवाहरुमा खुसी छाएको अब निर्विरोध निर्वाचित गराउन पहल गरिनु पर्ने बताएका छन् ।

नेपालमा विपत पर्दा राहात बोकेर आउने गरेका ‘गोरखाली’ नेपाल र विदेशमा रहेका युवाहरु बीच परिचित नाम हो ।