
धादिङ भाद्र १ । सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट प्रतियोगितामा धादिङका ३ सहित देशभरका ७९ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिए अनुसार ‘सी’ डिभिजन छनोटका लागि बागमती प्रदेशबाट मात्रै ६२ क्लबले नाम दर्ता गराएका छन् ।
भदौ १० गतेबाट सुरु हुने उक्त छनोट प्रतियोगिताका लागि बागमतीबाट ६२ क्लब, प्रदेश १ बाट ७ र अन्य प्रदेशबाट २र२ टिम दर्ता भएका छन् ।
धादिङबाट चक्रदेवी सामुदायीक समाज नलाङ सिद्धलेक, लगन्सिल युवा क्लव ज्वालामुखी र शुभारम्भ युवा समाज गल्छीले भाग लिने भएका हुन् । शुभारम्भ युवा समाज गल्छीले विभिन्न चरणमा खेलाडी छनोट गरी खेलाडीलाई क्लोज क्याम्पमा राखि सकेको छ ।
यस्तै चक्रदेवी सामुदायीक समाज नलाङ सिद्धलेक, लगन्सिल युवा क्लव ज्वालामुखी तयारी गरि रहेका छन् । यस छनोट प्रतियोगितामा सहभागिहरु बीच भएको प्रतियोगिताबाट छानीएका ३ टिम मात्रै सहिद स्मारक सि डिभिजन लिगमा पुग्ने एन्फा धादिङका महासचिव रामहरि थापाले बताए । फाईल फोटो
यी हुन्डि ‘सी’ भिजन लिग छनोट खेल्ने क्लवहरु

