
धादिङ साउन २७ । धादिङबेसी सदरमुकाममा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसले “Transforming Food Systems: Youth Innovation for Human and Planetary Health”. भन्ने नाराको साथ मनाउन लागिएको युवा दिवस २०२१ को अवसरमा भोली बिहान ७ बजे देखि भर्चुअल माध्यमबाट बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
उक्त अन्तरक्रिया कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गाना र धुनीबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको आतिथ्यता रहने बताईएको छ ।
कार्यक्रममा सहभागिताको लागि युवावर्ग, विद्यार्थीहरु, शिक्षकहरु, कर्मचारीवर्ग, राजनीतिकर्मी, पत्रकार, ल्न्इ कर्मी लगायतलाई आव्हान गरिएको क्याम्पसले जनाएको छ ।
