
धादिङ साउन २७ । धादिङ अस्पतालमा मास्क नलगाई आउने सेवाग्राहीका लागि ग्रामिण यातायात धादिङ प्रा. लि. ले ३ महिनाको लागि मास्क निःशुल्क प्रदान गरेको छ ।
मास्क नलगाई आएका विरामी, विरामी कुरुवा र गर्भवती महिला, विरामी कुरुवाहरुलाई अस्पतालले मास्क दिने व्यवस्था नभएको पाईएकोले ३ महिना सम्म ग्रामिण यातायात धादिङ प्रा. लि. ले मास्क निःशुल्क प्रदान गर्ने अध्यक्ष राजेन्द्र अधिकारीले बताए ।
जिल्लाका विभिन्न ठाउँ र अन्तर जिल्लामा यातायात सुविधिा दिई रहेको ग्रामिण यातायात धादिङ प्रा. लि. का सन्तोष रेग्मीले जिल्ला अस्पताल धादिङका डा. राम रिजाललाई ३ महिनाको लागि उक्त मास्क हस्तान्तरण गरेका थिए ।
अस्पतालमा आउने सर्वसाधरणको लागि ग्रामिण यातायात धादिङ प्रा. लि. ले ३ महिना सम्म मास्कको व्यवस्था गरेकोमा डा. रिजालले धन्यावाद दिएका थिए । अस्पतालको गेटमा बसेर अन्तरिक सुरक्षाकर्मीले मास्क नलगाई आउने सेवाग्रहीलाई उक्त मास्क वितरण गरिने अस्पतालका सूचना अधिकारी विक्रम विकले बताए ।


