धादिङबाट एसईईमा ४ जीपीए ल्याउने ७१ जना सहित ३.६० जीपीए भन्दा बढी ल्याउने ६७२ जना

Avatar photo
Dhadingpost
साउन २४, २०७८

धादिङ साउन २४ । धादिङ जिल्लाबाट ५ हजार ५१९ जना विद्यार्थीहरु एसईईमा सम्मिलित थिए ।

शनिबार परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार धादिङबाट ७१ जनाले ४.० जीपीए लाएका छन् । यस्तै ३.९६ जीपीए ल्याउने २ जना, ३.९५ जीपीए ल्याउने ५२ जना, ३.९२ जीपीए ल्याउने ८ जना रहेका छन् ।

यस्तै धादिङबाट ३.९० जीपीए ल्याउन ६५ जना, ३.८८ जीपीए ल्याउने ८ जना, ३.८५जीपीए ल्याउने ६४ जना सहित ३.६० जीपीए भन्दा बढी ल्याउने ६७२ जना रहेको जिल्ला शिक्षा समन्वय ईकाई धादिङले जनाएको छ ।