धादिङमा महासंघले बनायो शिक्षक आन्दोलन परिचालन समिति, एमाले निकट शिक्षक संंगठन समितिमा अटाएन

Avatar photo
Dhadingpost
साउन २२, २०७८

धादिङ साउन २२ । नेपाल शिक्षक महासंघ यतिबेला विभिन्न ३४ बुँदे माग पुरा गराउन आन्दोलनरत छ । यहि आन्दोलनलाई प्रभावकारी बनाउन महासंघले जिल्लास्तरीय शिक्षक आन्दोलन परिचालन समिति गठन गरेको छ ।

महासंघमा काँग्रेस एमाले र माओवादी केन्द्र नीकट शिक्षकहरुको बाहुल्याता देखिए पनि धादिङमा बनाईएको जिल्लास्तरीय शिक्षक आन्दोलन परिचालन समितिमा एमाले निकट शिक्षक संगठनको प्रतिनीधित्व देखिएको छैन ।

महासंघको आन्दोनल प्रभावकारी बनाउन काँग्रेस नीकट शिक्षक संघबाट विष्णु अधिकारी र माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनबाट खिलबहादुर धमला संयोजक रहेको २३ सदस्यीय जिल्ला स्तरीय आन्दोलन परिचालन समिति गठन भएको हो ।

यस्तो छ आन्दोलन परिचालन गर्न बनेको समिति
संयोजक: बिष्णुप्रसाद अधिकारी
संयोजक: खिलबहादुर धमला
सदस्य: नरहरी लंसाल
सदस्य: तीलक चेपाङ
सदस्य: इन्दिरा ढकाल
सदस्य: सुशीला अधिकारी
सदस्य: देविप्रसाद छत्कुली
सदस्य: हरिप्रसाद तिम्सिना
सदस्य: सीता दाहाल
सदस्य: कोपिला खरेल
सदस्य: राधाकृष्ण गजुरेल
सदस्य: बिष्णुप्रसाद अर्याल
सदस्य: रामबहादुर कार्की
सदस्य: रामकृष्ण पाण्डे
सदस्य: राजेन्द्र कोइराला
सदस्य: अनिल अर्याल
सदस्य: तुलसिप्रसाद अधिकारी
सदस्य: शिव अर्याल
सदस्य: बिनिता तामाङ
सदस्य: दीपेन्द्र कंडेल
सदस्य: परिमाया गुरुङ
सदस्य: जंगबहादुर तामाङ
सदस्य: बहादुर बि. क.

शुक्रबार सम्पन्न महासंघ धादिङको बैठकले साउन २६ गतेभित्र जिल्लाका १३ वटै पालिकामा पालिकास्तरीय शिक्षक आन्दोलन परिचालन समिती गठन गरिसक्ने निर्णय समेत गरेको छ ।

बैठकमा नेपाल शिक्षक संघका संघीय समिति सदस्य भवानी तिम्सिना, एकीकृत अखिल नेपाल शिक्षक संगठनका बागमती प्रदेश अध्यक्ष शंकर अधिकारी , नेपाल शिक्षक संघका बागमती प्रदेश महासचिव दीपक सिंखडा, शिक्षक युनियनका पुर्व अध्यक्ष ध्रुबप्रसाद रिजालको विषेश उपस्थिति रहेको थियो ।