
धादिङ साउन २१ । धादिङमा पछिल्लो २४ घण्टाको अवधिमा ४८ जना कोरोनासंक्रमितहरु थपिएका जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
आज थपिएका संक्रमितहरुमा नीलकण्ठमा ६, धुनीबेसीमा ६, गल्छीमा २, गजुरीमा ४, ज्वालामुखिमा ४, त्रिपुरासुन्दरीमा ६, थाक्रेमा १ र धादिङ हस्पिटलमा १८ गरी ४८ छन् भने यहि अवधिमा २४ जना कोरोना संक्रमितहरु निको भई डिस्चार्ज भए ।
यो सँगै धादिङको सक्रिय केस ४७६ पुगेको छ । जिल्ला हस्पिटल आइशोलेसनमा ४ र होम आइशोलेसनमा ४७२ रहेका छन् ।
आज गंगाजमुनामा १८ स्वाब संकलन भएको छ । २२९ एनटीजेन परिक्षण मध्ये ४८ पोजिटिभ आएको छ ।

