धादिङ तीन युवा पेस्तोल सहित पक्राउ

Avatar photo
Dhadingpost
साउन २१, २०७८

धादिङ साउन २१ । धादिङका तीन जना युवाहरुलाई पेस्तोल सहित प्रहरीले पक्राउ गरेको छ ।

धादिङका २४ वर्षीय विकेश मगर भन्ने विपिन मगर, २५ वर्षीय मन्दिप थापा र १९ वर्षीय सुजन मगरलाईकाठमाडौं गोङ्गबुको एक रेष्टुराँबाट पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

गोङ्गबु विजी मलअगाडि सडकमा जाँचका क्रममा स्कुटर छाडेर भागेपछि शाङ्का लागी पिछा गर्दा आरके रेष्टुराँमा लुकेर बसेका उनीहरूलाई पेस्तोलसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।

पक्राउ परेकासँग प्रहरीले एक थान पेस्तोल, एक थान म्यागजिन, पाँच राउण्ड गोली, दुई थान खुकुरी र गाँजा बरामद गरेको छ ।