
धादिङ साउन २० । धादिङ जिल्लामा अहिले सम्म तीन किसिमका कोरोना भाईरस (कोभिड १९) विरुद्धको खोप ६५ हजार ५५४ जनाले जनाएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
जसमा ‘कोभिडशिल्ड’ खोपको पहिलो डोज २२ हजार १३८ जनाले लाएका छन् भने दास्रो डोज ३ हजार ११३ जनाले मात्रै लगाएको छन् अझै यो खोपको दास्रो डोज लगाउन १८ हजार ९०५ जना बाँकी छन् ।
यस्तै दोस्रो पल्ट आएको चिनियाँ ‘भेरोसेल’ खोप धादिङमा २६ हजार ५५६ जनाले लगाएका छन् । यो खोपको दास्रो डोज ४ हजार ६८४ जनाले मात्रै लगाएको हुँदा यसको डोज पुरा गर्न अझै २१ हजार ८७२ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
तेस्रो पटक धादिङ लगाईएको खोप हो ‘जोनसन एन्ड जोनसन’ यो खोप धादिङमा १६ हजार ८६० जनाले लगाएका छन् ।
जिल्ला स्वास्थ्य कार्याललय धादिङले दिएको जानकारी अनुसार ७६ हजार ४८० डोज खोप आएको मध्य ६५ हजार ५५४ डोज खोप लगाई सकिएको छ जस मध्य ४० हजार ७७७ जनाले दोस्रो जोड खोप लगाउन बाँकी छ, भने अझै २ हजार ६८७ डोज खोप बाँकी रहेको छ ।

